प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा


१९ फाल्गुन २०७६, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज साँझ ६ः१५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइपुगेका छन् ।

सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । प्रा.डा. दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुनेछन् ।

प्रत्यारोपणपूर्व उनको आज रगत, दिसापिसाबलगायत जाँच हुने डा. ज्ञवालीले जानकारी दिए। ‘प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि ‘प्रिप्रेशन’मा राखिनेछ’, उनले भने ।

उनको मुटुको एञ्जियोग्राफी जाँच गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टर मुटु रोग विभाग प्रमुख प्रा.डा.अरुण सायमीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस