स्वागत र बिदाइमा नआउन त्रिभुवन विमानस्थलको अपिल, ‘भिजिटर पास’ बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्वागत र बिदाइमा नआउन त्रिभुवन विमानस्थलको अपिल, ‘भिजिटर पास’ बन्द


१९ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश नगर्न सूचना जारी गर्दै विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ समेत बन्द भएको जनाएको छ।

सरकारले सङ्क्रमण फैलन सक्ने भन्दै आइतबार सार्वजनिक स्थानमा भिडभाड कम गर्न आग्रह गरेसँगै प्राधिकरणले आफन्तजनको स्वागत तथा बिदाइमा आउनेहरूलाई अत्यावश्यक भएको अवस्थामा बाहेक नआउन भनेको हो ।

‘यात्रुहरूलाई स्वागत तथा बिदाइ गर्न आउनु हुने आफन्तजन लगायत अन्य महानुभावलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनु हुन र अत्यावश्यक काममा आउनु हुने सबैलाई मास्क प्रयोग गरिदिनुहुन अनुरोध छ’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेसँगै विमानस्थल प्रवेशमा कडाइ गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस