भ्रमण वर्ष २०२० स्थगित « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

भ्रमण वर्ष २०२० स्थगित


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । सरकारले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० स्थगित गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका हुन्

कोरोना भाईरसको प्रकोपको विषयलाई लिएर भ्रमण वर्ष स्थगित गर्ने विषयमा छलफल हुँदा प्रधानमन्त्रीले नै भ्रमण वर्ष अहिले स्थगित गरेर २०२२ लाई बनाउँ भन्ने प्रस्ताव गरेको बैठकमा सहभागी ति मन्त्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस