२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटनको विकासबाटै आर्थिक समृद्धि हुन्छ : मन्त्री भट्टराई

अ+ अ-

गौशाला । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकासबाटै मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । सरकारले पर्यटन क्षेत्र विकासका लागि बजेट छुट्याएर गरिबी निवारण गर्ने योजना बनाएको उनले उल्लेख गरे।

आज महोत्तरीको भङ्गहा नगरपालिका–८ कञ्चनवनमा मिथिला मध्यमा परिक्रमामा सहभागी श्रद्धालुलाई स्वागत गर्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले परिक्रमाका लागि महत्वपूर्ण स्थल मानिएको कञ्चनवनको पर्यटकीय विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रदेश नं २ लाई धार्मिक, संस्कृतिक पर्यटन क्षेत्र बनाउने सोच रहेको चर्चा गर्दै उनले प्रदेशको विभिन्न जिल्लामा धार्मिक, संस्कृतिक महत्व बोकेका क्षेत्रलाई जोडेर बृहत् सांस्कृतिक क्षेत्र बनाउने बताए ।

सो अवसरमा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले मिथिला मध्यमा परिक्रमाको ऐतिहासिकतालाई दृष्टिगत गर्दै केन्द्रीय सरकारले विशेष प्याकेजमा बजेट छुट्याउनुपर्नेमा जोड दिए ।

मिथिला मध्यमा परिक्रमाको सातौँ पडावस्थल कञ्चनवन पुगेका यात्रीहरुसँग मन्त्री भट्टराई र रायलगायत उच्च व्यक्तिले कञ्चनवनस्थित मन्दिरमा होलीसमेत खेलेका थिए । मध्यमा परिक्रमामा श्रद्धालुले नेपालका १३ र भारतका दुई पडाव गरी १५ दिनमा १५ पडावस्थलको १३३ किलोमिटरको यात्रा गर्ने गर्छन् । फागुन पूर्णिमाका दिन जनकपुरधाम पुगेर पञ्चकोशी अर्थात् जनकपुरधामको परिक्रमा गरी समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस