१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवाको आकर्षण भएन मकै खेतीमा

अ+ अ-

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ ।

मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो । जिल्लाको तुम्बेवा गाउँपालिकाको २०० रोपनी क्षेत्रफलमा मकैको पकेट क्षेत्रको कार्यक्रम सञ्चालनमा छ । पकेट क्षेत्र कार्यक्रममा कृषकलाई उन्नत जातिको मकैको बीउ, मल, मकै खेतीका लागि आवश्यक औजार उपकरण ५० प्रतिशत छुटमा उपलब्ध गराइएको छ ।

ती क्षेत्रमा साना सिँचाइको प्रवन्ध, रोग किरा व्यवस्थापनका लागि एकीकृत शत्रु जीव व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रम र कृषकलाई तालीमको प्रबन्ध गरिएको केन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए । यस्तै जिल्लाको हिलिहाङ र कुम्मायक गाउँपालिकामा मकै सघन बाली क्लष्टर कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यस कार्यक्रममा पनि मकैको पकेट क्षेत्र कार्यक्रममा जस्तै सरकारी सहयोग रहे पनि सहुलियतको प्रतिशत फरक छ । यी दुई स्थानीय तहमा गरी १२०० रोपनी क्षेत्रफलमा मकै सघन बाली क्लष्टर कार्यक्रम सञ्चालन हुने उनले बताए ।

यस्तै यी दुई कार्यक्रम सञ्चालन नभएका जिल्लाका अन्य पाँच स्थानीय तहमा मकैको उत्पादकत्व प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रम चार स्थानमा गरी कूल चार हजार रोपनी क्षेत्रफलमा सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत यहाँ उपयुक्त विउ मानिने मनकामना–३ ७५ प्रतिशत छुटमा वितरण गरिनेछ । यस्तै खेतीका लागि यन्त्र उपकरण र मलमा समेत कार्यालयले सहयोग गर्ने छ ।

जिल्लामा १८५३० हेक्टर क्षेत्रफलमा मकै उत्पादन हुने गरेको छ । उक्त क्षेत्रफलमा वर्षेनी करिब ४३ हजार मेट्रिक टन मकै उत्पादन हुने गर्दछ । यहाँका अधिकांश कृषकले मनकामना–३ र देउती प्रजातिको मकैको खेती गर्ने गरेको ज्ञान केन्द्रले जनाएको छ । पहाडी र उच्च पहाडी भूभाग रहेको यहाँका अधिकांश कृषकले मकैको खेती गर्ने गरेका छन् । अदुवा, टमाटरलगायत बालीसँग पनि लगाउन सकिने भएका कारण मकै ठूलो मात्रामा उत्पादन हुने गरेको छ ।

तर गत वर्षबाट मकै उत्पादनमा ह्रास आउने थालेपछि सरकारी निकाय र कृषक चिन्तित बनेका छन् । गत वर्ष मात्रै मकै उत्पादन अघिल्लो वर्षभन्दा १२ हजार मेट्रिक टन कम भएको थियो । गत वर्ष फौजी किराको प्रकोपले जिल्लाको तुम्बेवा र कुम्मायक गाउँपालिकाको १२०० रोपनी क्षेत्रफलमा लगाइएको मकै बाली नष्ट भएको ज्ञान केन्द्रको तथ्याङ्क छ ।

यस्तै बढ्दो बसाइँसराइ, वर्षात्को अभाव, युवा पलायनलगायत कारणले मकै खेतीमा ह्रास आइरहेको छ । मकै खेतीका लागि सिँचाइको प्रबन्ध छैन । वर्षातकै भरमा मकैको खेती हुने गरेको छ । यहाँ उत्पादित अधिकांश मकै स्थानीयस्तरमै खपत हुने गरेको छ । यहाँका कृषकले आफूले उत्पादन गरेको मकै आफैँले खाने तथा गाईवस्तुलाई खुवाउने भएकाले चोकर, गाइदानालगायत वस्तुको आयातबिनै पशुपालन गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस