एजेन्सी । दिल्लीका अरविन्द केजरीवाल सरकारले जवाहरलाल नेहरु विश्वविद्यालय छात्र संघ का पूर्व अध्यक्ष कन्हैया कुमारमाथि राजद्रोहको मुद्दा चलाउन स्वीकृति दिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार दिल्ली सरकारले यो स्वीकृती दिएको हो ।
मुद्दा चलाउन स्वीकृत लगत्तै कन्हैया कुमारले ट्वीट गर्दै दिल्ली सरकारलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘दिल्ली पुलिस र सरकारी वकीललाई यो मुद्दा गम्भीरतापूर्वक लिन आग्रह गर्दछु, फास्ट ट्र्याक कोर्टमा यो मुद्दालाई तिव्र गतिमा यसको परीक्षण गरियोस् र टेलिभिजन अदालत भन्दा कानुनकै अदालतबाट न्याय सुनिश्चित गरियोस्, सत्यमेव जयते ।’
कन्हैया कुमारको ट्वीट :
दिल्ली सरकार को सेडिशन केस की परमिशन देने के लिए धन्यवाद। दिल्ली पुलिस और सरकारी वक़ीलों से आग्रह है कि इस केस को अब गंभीरता से लिया जाए, फॉस्ट ट्रैक कोर्ट में स्पीडी ट्रायल हो और TV वाली ‘आपकी अदालत’ की जगह क़ानून की अदालत में न्याय सुनिश्चित किया जाए। सत्यमेव जयते।
— Kanhaiya Kumar (@kanhaiyakumar) February 28, 2020
उनीमाथि सन् २०१६ फेब्रुअरी ९ मा जवाहरलाल नेहरु युनिभर्सिटीमा भारत विरोधी नारा लागाएको आरोप लागेको थियो । यसमा कन्हैया कुमार, उमर आलिद र अनिर्वानलगायत अन्य सात जनालाई अभियुक्त बनाइ राजद्रोहको मुद्दा दर्ता भएको थियो ।
मुद्दा चलाउनको लागि प्रहरीले अदालतमा चार्ज सिट दायर गरेको थियो । तर दिल्ली सरकारले मुद्दा चलाउन अहिलेसम्म अनुमति दिएको थिएन ।
केही दिन अघि भारतको सर्वोच्च अदालतमा एक याचिका दायर गरिएको थियो । जसमा दिल्ली सरकारलाई कन्हैयामाथि मुद्दा चलाउने मञ्जुरी दिनेबारे आदेश दिन अपिल गरिएको थियो । तर सर्वोच्चले सो याचिका खारेज गरिदिएको थियो ।
तर सदिल्ली सरकारले मुद्दा चलाउन स्वीकृति दिएपछि कन्हैया, उमर आलिद, अनिर्वान तथा अन्य व्यक्तिमाथि राजद्रोहको मुद्दा चलाउने बाटो खुलेको छ । दिल्ली पुलिसले १९ फेब्रुअरीमा गरेको आग्रहअनसार दिल्ली सरकारले यो इजाजत दिएको हो। यो इजाजतसँगै कन्हैया र अन्य विद्यार्थीहरुमाथि मुद्दा चलाउने बाटो खुलेको छ।
अहिले दिल्लीमा तुलनात्मक प्रगतिशील र वैकल्पिक शक्तिको छवि बनाएको आम आदमी पार्टीको सरकार छ। सोही पार्टीका नेता अरविन्द केजरीवाल दिल्लीका मूख्यमन्त्री छन्। अचम्मको कुरा त यो छ कि केजरीवालले २०१६ को मार्च तीन तारिखमा एक ट्वीट गर्दै कन्हैयाले जेएनयुमा शानदार भाषण गरेको लेखेका थिए।
चार्जसीटमा के छ ?
दिल्ली पुलिसले अदालतमा कन्हैया कुमारसमेत १० व्यक्तिहरुका विरुद्ध कारबाही अघि बढाउन अपील गरेको छ। आरोप पत्रमा भने ३६ व्यक्तिहरुका नाम समावेश छ। अन्य व्यक्तिहरुका हकमा पर्याप्त सबूत नभएको भन्दै प्रहरीले कन्हैयालगायत १० जनामाथि मात्र कारबाही माग गरेको हो। आरोपपत्रका साथमा प्रहरीले अदालतमा सीसीटीभी फुटेज, मोबाइल फुटेज र अन्य दस्तावेजहरुलाई प्रमाणका रुपमा पेश गरेको छ।
के थियो मामिला ?
अनुसार सन् २०१६ को फेब्रुअरी ९ मा केही अज्ञात युवकहरुले भारतीय संसदमा आतंकवादी हमलाका दोषी अफजल गुरुलाई दिइएको मृत्युदण्डको सजायविरुद्ध प्रदर्शन गरेका थिए।
यस विरोध प्रदर्शनमा केही युवाहरुले कथित भारत विरोधी नारा लगाएका थिए ।
यसलगत्तै कन्हैया कुमार र उमर खालिदलाई राजद्रोह आरोपमा गिरफ्तार गरिएको थियो।
बेगूसरायका कन्हैया अहिले भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) मा आवद्ध छन्।
्
गत लोकसभा चुनावमा बेगूसरायबाट चुनाव लडेका कन्हैया पराजित भएका थिए।