१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनएमएले उठायो रु १२ करोड रोयल्टी

अ+ अ-

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले आर्थिक वर्ष २०७६/७६ मा २४ हिमाली चुचुरा ‘पिक’ आरोहण अनुमतिबाट रु १२ करोड ५१ लाख ८० हजार रोयल्टी उठाएको छ । नेपाल सरकारले अनुमति दिएका पाँच हजार ८०० देखि छ हजार ५०० मिटरसम्म उचाइ भएका २७ पिकमध्येमा गत वर्ष २४ पिक आरोहणबाट उक्त रकम सङ्कलन भएको जनाइएको छ ।

संघका अध्यक्ष सन्तवीर लामाका अनुसार सरकारले एनएमएलाई २७ पिकको प्रवर्द्धन तथा आरोहण अनुमतिको जिम्मा दिएको छ । जिम्मा दिएका मध्येमा गत वर्ष २४ पिक आरोहणका लागि एक हजार ७३३ समूहका ६ हजार ५५५ जनाले अनुमति लिएका थिए । अनुमति लिने मध्येमा १०२ नेपाली रहेका एनएमएले जनाएको छ ।

सरकारले नियमअनुसार उठेको रोयल्टी रकममध्येबाट २५ प्रतिशत प्रदेश सरकार, २५ प्रतिशत स्थानीय तह र ५ प्रतिशत नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति (माउन्टेन एकेडेमी) मा जम्मा गर्नुपर्ने हुन्छ । गत आवको रोयल्टी रकम संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्वतारोहण रोयल्टी खातामा जम्मा गरेको जनाएको छ । जम्मा उठेको रकममध्येबाट संघले तीन शीर्षकमा रु छ करोड ८८ लाख ४९ हजार जम्मा गरेको हो ।

उनका अनुसार सम्बन्धित प्रदेश सरकारको कोष र स्थानीय तहको कोषमा छुट्टाछुट्टै रु ३ करोड १२ लाख ९५ हजार तथा माउन्टेन एकेडेमीका नाममा रु ६२ लाख ५९ हजार रोयल्टी रकम जम्मा गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नियमअनुसार रोयल्टी रकम भुक्तानी प्रक्रियामा अस्पष्ट हुँदा भुक्तानीमा केही ढिला भएको संघका महासचिव एवं सूचना अधिकारी कुलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार संघले २७ पिकमध्ये समूह ‘क’ मा १२ र समूह ‘ख’ मा १५ पिक गरी दुई भागमा विभागजन गरेको छ । शुरुआती चरणमा १२ पिकको अनुमति दिएको सरकारले विसं २०७४ साउन १० गते १५ पिक थप गरेर २७ पिकको जिम्मा दिएको थियो ।

एनएमएले २०७६ साल असोज १३ गते सरकारलाई थप ५ हजार ८०० उचाइदेखि छ हजार ५०० मिटर उचाइसम्मका १७६ पिकको व्यवस्थापनाको जिम्मा दिन आग्रहसमेत गरेको थियो । संघका अध्यक्ष लामाका अनुसार नेपाल पर्वतारोहण संघ (एनएमए) ले हाल आरोहण गरिँदै आएका तथा पहिचान भएर पनि आरोहण नगरिएका ४१४ हिमशृङ्खला तथा चुचुरा (पिक)को विस्तृत जानकारीसहित ‘पिक प्रोफाइल’ तयार पारेको छ ।

हालसम्म आरोहणका लागि उपयुक्त मानिएका ४१४ चुचुराबारे व्यवस्थित रूपमा एउटै वेबसाइट पोर्टलबाट जानकारी उपलब्ध गराउने उद्देश्यले पिक प्रोफाइल तयार गरिएको हो । उनका अनुसार नेपालको साहसिक पर्यटन प्याकेजका रूपमा रहेका नेपालका हिमशृङ्खला तथा पर्वतका विषयमा व्यवस्थित रूपमा प्रोफाइल पहिलोपटक तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस