२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल विकास र समृद्धिको नयाँ युगतिर : अध्यक्ष दाहाल

अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतिर जाने जमर्को गरिराखेको बताएका छन् ।

नेपाल पोल्ट्री महासंघले आजदेखि यहाँ आयोजना गरेको नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० को उद्घाटन गर्दै उनले व्यवसायका क्षेत्रमा अनुसन्धान र उत्पादकत्वबारे अध्ययन हुनुपर्ने बताए ।

विश्वभरका विभिन्न कम्पनी र तिनका प्रतिनिधिलाई यहाँ देख्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउँदै उनले नयाँ प्रविधि बुझेर त्यसलाई प्रयोग गर्न सिक्ने आधार बन्दै गएको बताए । उनले भने, ‘यो प्रदर्शनी नेपालको समग्र विकासको प्रयासमा एउटा नयाँ योगदानको आधार भएको महसुस गरेको छु । यसले पोल्ट्री व्यवसायको मात्र नभएर समग्र आर्थिक र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँछ ।’

‘हामीलाई विगतका थुप्रै नकारात्मक विराशतले पछ्याइरहेको छ,’ विगतका नकारात्मक कुरालाई अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘व्यवसायका क्षेत्रमा विभिन्न ठाउँमा अनुसन्धान, प्रयोग र उत्पादकत्व वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने सन्दर्भमा विभिन्न क्षेत्रमा पहल कदमी भइरहेको अनुभूति हुन थालेको छ ।’

कार्यक्रममा महासंघका अध्यक्ष गुणचन्द्र विष्टले नेपालको पोल्ट्री व्यवसाय हाल सङ्कटमा रहेको भन्दै सरकारबाट अपेक्षाकृत सहयोग हुन नसकेको गुनासो गरे । तीन दिनसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रदर्शनी मिडिया स्पेस सोलुसन्स प्राली तथा फ्युचरेक्स एण्ड इभेन्ट प्रालीको सहकार्यमा भएको हो ।

प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्टस्, डेरी, पोल्ट्री, दाना, ह्याचरी र मासुजन्य उद्योग लगायतको सम्पूर्ण पशुपक्षीपालन लगायतका विषयमा जानकारी दिइनेछ ।

यस्तै नेपाल भेटेनरी संघको सहकार्यमा चारदिने पोल्ट्री पाठशालाको आयोजना गरिने महासंघका उपाध्यक्ष टीकाराम पोख्रेलले जानकारी दिए । २०० वटा कक्ष रहेको सो प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी क्षेत्रगत पेशाकर्मी तथा समग्र किसान लगायतको प्रत्यक्ष संलग्नता रहेको जानकारी दिए ।

प्रदर्शनीमा नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्योग केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघसँगै भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटाली, इजराइल, बङ्ग्लादेश लगायतका देशका पोल्ट्री कम्पनीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस