शिक्षकबाट घुस लिने प्रधानाध्यापक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शिक्षकबाट घुस लिने प्रधानाध्यापक पक्राउ


१५ फाल्गुन २०७६, बिहिबार


अख्तियार

काठमाडौँ । शिक्षकसँग घुस लिने विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।

दैलेखको नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

गाउँ पालिकाको वडा नं. १ स्थित एनएमवी बैङ्कको शाखा कार्यालयका प्रबन्धकको कार्यकक्षबाटै उनलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् । प्रधानाध्यापक सिंहले ३० हजार घुस लिई सकेको अवस्थामा पक्राउ गरिएको हो ।

सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले विद्यालयका शिक्षकको चौमासिक तलब र दसैँ खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि पटक पटक शिक्षकसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीका आधारमा खटिइएको आयोगको उनलाई पक्राउ गरेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस