आज देशका विभिन्न स्थानमा दिनभर बदली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज देशका विभिन्न स्थानमा दिनभर बदली


१५ फाल्गुन २०७६, बिहिबार


काठमाण्डौं । आज देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने छ । तर मौसम बदली भए पनि पानी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार बिहीबार र शुक्रबार पानी पार्ने कुनै पनि प्रणाली सक्रिय छैन तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा भने फाट्टफुट्ट पानी पर्न सक्नेछ ।

अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । काठमाडौंमा बिहीबार र शुक्रबार घाम लाग्ने तर पर्सिदेखि देशभरिकै मौसम बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् बासीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस