कोरोना भाइरस : मृत्यु हुनेको संख्या २७ सय, साढे २७ हजारको सफल उपचार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना भाइरस : मृत्यु हुनेको संख्या २७ सय, साढे २७ हजारको सफल उपचार


१३ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या २७ सय पुगेको छ ।

चीनमा २ हजार ६ सय ६३ र अन्य देशमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन्। सोमबारमात्रै चीनमा थप ७१ जनाको मृत्यु भएको छ।

चीन बाहिर दक्षिण कोरियामा ८, इटालीमा ७, जापानमा १, हङकङमा २, इरानमा १२, ताइवानमा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाको मृत्यु भएको छ।

विश्वका ८० हजार १ सय ४८ जनामा यो भाइरसको संक्रमण रहेको पुष्टि भइसकेको छ। चीनमा हालसम्म ७७ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। यीमध्ये २७ हजार ३ सय २३ जना विरामीहरू निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन्।

दक्षिण कोरियामा ८ सय ९३ जना, इटालीमा २ सय २९ जना, जापानमा १ सय ५९ जना, सिंगापुरमा ९० जना, हङकङमा ८१ जना, इरानमा ६१ जना, अमेरिकामा ५३ जना, थाइल्याण्डमा ३५ जना, ताइवानमा ३० जना, अष्ट्रेलियामा २२ जना, मलेसियामा २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यस्तै, जर्मनीमा २२, भियतनामा २२, बेलायतमा १३, युएईमा १३, फ्रान्समा १२, क्यानडामा ११, मकाउमा १०, कुवेतमा ५, स्पेनमा ३, फिलिपिन्समा ३, भारतमा ३, बहराइनमा २, इजरायलमा २, ओमानमा २, रुसमा २ र अफगानिस्तान, बेल्जियम, कम्बोडिया, इजिप्ट, फिनल्याण्ड, इराक, लेबनान, नेपाल, श्रीलंका र स्वीडेनमा एक–एक जनामा यो भाइरस देखिएको छ।

पछिल्लो ३० देशमा फैलिएको कोरोना भाइरस दक्षिण कोरिया, इरान, बहराइनमा पनि देखापरेको छ ।

चीनमा भने कोरोनाको संक्रमण दर घट्दै गएको तर अन्य देशमा भने यसको संक्रमण दर बढ्दे गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
कोरोनाको सम्भावित महामारी रोक्न थप प्रभावकारी कदम चाल्नुपर्ने उसले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस