स्वास्थ्य सेवाको १२औँ तहमा तीन जनाको बढुवा, पाँचौँ नम्बरका श्रेष्ठ परे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य सेवाको १२औँ तहमा तीन जनाको बढुवा, पाँचौँ नम्बरका श्रेष्ठ परे


१३ फाल्गुन २०७६, मंगलबार


सचिव

काठमाडौँ । स्वास्थ्य सेवा अन्तर्गतको १२औँ तहमा तीन जनाको बढुवा भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका पाँच मध्ये तीन डा. रोशन पोखरेल, डा. दीपेन्द्र रमण सिंह र महेन्द्र प्रसाद श्रेष्ठलाई १२औँ तहमा बढुवा गरेको हो ।

बढुवा भएका मध्ये डा. पोखरेल पहिलो र सिंह दोस्रो नम्बरमा सिफारिस भएका थिए भने श्रेष्ठ पाँचौँ नम्बरमा सिफारिस भएका थिए ।

तेस्रो नम्बरमा सिफारिस भएका डा. भीमसिंह तिंकरीलाई पछार्दै श्रेष्ठ बढुवा हुन सफल भएका हुन् ।

बढुवा भएका तीन जना मध्ये एक जना स्वास्थ्य सचिव बन्नेछन् । १२औँ तह बढुवा हुनु पूर्व नै स्वास्थ्य मन्त्रालयले श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकमा बढुवा गरिसकेको छ ।

१२ औँ तहमा बढुवाका लागि स्वास्थ्य सेवाका ११औँ तहमा कार्यरत ३० जनामध्ये २२ जनाले मात्र बढुवाका लागि निवेदन दिएका थिए । जसमा बढुवा समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस