हिउँदे मकैको घोगामा दाना नलाग्दा चिन्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हिउँदे मकैको घोगामा दाना नलाग्दा चिन्ता


प्रशासन संवाददाता

११ फाल्गुन २०७६, आइतबार


कलैया । बारा जिल्लाका कृषक यसवर्ष हिउँदे मकै खेती गरिएको क्षेत्रमध्ये केही क्षेत्रमा मकैको घोगामा दाना नलागी धानबालामा नै दाना लागेकोमा कृषक चिन्तित बनेका छन् ।

किसानले यसवर्ष हिउँदे करिब ५ हजार ३५ हेक्टर क्षेत्रफलमा विभिन्न जातको मकै खेती गरेकामा निजगढ, सिगौल, रतनपुरी, सिमरा, डुमनवाना, मनहर्वा कोल्हवी, सपही गरी करिब २०० हेक्टर क्षेत्रफलमा मकै बालीमा समस्या देखापरेको कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।

सो क्षेत्रमा लगाइएको मकै बाली हृष्टपुष्ट पोषक नभएको साथै मकैको धानबालामा दाना लागेको हुनाले किसानले समस्या भोग्नुपरेको ज्ञान केन्द्रका गेनालाल मण्डलले बताए । सम्बन्धित निकायद्वारा सूचीकृत गरिएको र नगरिएको किसानको मकै खेतमा समस्या देखएको हो । गत वर्ष कृषकले करिब चार हजार ८३५ हेक्टर खेती गरी प्रति हेक्टर ६ दशमलव ५ मेट्रिकटनका दरले ३१ हजार ४२७ मेट्रिकटन हिउँदे मकै उत्पादन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस