३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डढुवा रोगले गोलभेंडा खेती सखाप

अ+ अ-

बैतडी । डढुवा रोगले गोलभेडालाई नष्ट पारेपछि बैतडीको डिलाशैनी गाउँपालिकाका किसान चिन्तित बनेका छन् ।

गोलभेडामा डढुवाको संक्रमण फैलिएर बाली नै नष्ट भएपछि किसान चिन्तित बनेका हुन् । गाउँपालिकाको वडा नं ६ गोकुलेश्वरमा डढुवा र फाट्ने रोगका कारण लाखौँ मूल्य बराबरको गोलभेडा नष्ट भएको किसानको भनाइ छ ।

तरकारीखेतीबाटै जीविकोपार्जन गरिरहेका किसानले लगाएको गोलभेडामा उक्त रोग लागेपछि चिन्तित बनेका स्थानीय सुरेश श्रेष्ठले बताए । पाँच रोपनी बढी जमिनमा गरेको गोलभेडाखेतीमा डढुवा रोग लागेको किसान रामसिंह मालको भनाइ छ । मेहनत गरेर रोपेको बालीको फल भित्र्याउन नपाउँदा साह्रै दुःख लागेको छ । उनले भने, ‘डढुवा रोगले लगाएको सबै गोलभेडा सखाप पारेको छ ।’

रामसिंहको मात्रै नभएर गोकुलेश्वरका अन्य ५० भन्दाबढी किसानले लगाएको गोलभेडामा डढुवा रोग लागेको हो । बारीमा लगाएको गोलभेडा डढुवा रोगले सखाप पारेपछि उनीहरु हैरान भएका छन् । उक्त रोगका कारण यो मौसममा गोलभेडा भित्र्याउनै नपाउँदा धेरै घाटा व्यहोर्नुपरेको अर्का किसान प्रेमसिंह मालको दुखेसोे छ । उनले भने, ‘एक मौसममा करिब एक लाखको गोलभेडा बिक्री गर्ने गरेको भए पनि यो वर्ष डढुवा रोगले बारीको सबै गोलभेडा सखाप पार्‍यो ।’

तरकारीखेतीबाटै जीविकोपार्जन भइरहेका बेला यो वर्ष गोलभेडामा लागेको डढुवाले धेरै घाटा लाग्दा समस्या भएको किसानको भनाइ छ । किसान हीरा खत्रीले यो वर्ष डढुवा रोगका कारण गोलभेडा नष्ट हुँदा लाखौँ क्षति भएको बताएका छन् । बेलाबेला तरकारीखेतीमा लाग्ने रोग, कीराले हैरान हुनुका साथै तरकारी बिक्री गर्ने बेला घाटा व्यहोर्नुपरेको छ ।

ढुसीका कारण गोलभेडामा डढुवा रोग लाग्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । ढुसी र चिसोको समयमा तुसारोलगायतका अन्य कारणले पनि यो रोग लाग्ने गरेको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । उनले थौरै जग्गामा खेती गर्ने किसानको गोलभेडामा डढुवाको संक्रमण फैलिई नोक्सान पुगेको भए पनि ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गर्नेको बालीमा त्यति क्षति नपुगेको बताए । ‘ढुसीनाषक विषादी छर्केर बाली बचाउने ज्ञान भएका किसानको बाली जोगिएको छ, विषादी नछर्किनेहरूको बालीमा डढुवाको संक्रमण देखिँदा नोक्सान भएको छ’, निमित्त प्रमुख चन्दले भने ।

रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गइ शीत पर्ने अवस्थाको चिसो मौसममा सुषुप्त अवस्थामा रहेको ढुसी सक्रिय भएर डढुवाको संक्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । डढुवाको संक्रमणबाट गोलभेडा बाली जोगाउन क्रिनोक्सिल, मेटाल्याक्सिल समूहको विषादीका साथै एक्रोप्याट वा सेन्टिन प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किनुपर्ने सुझाव प्राविधिकले दिएका छन् ।
टिप्न तयार भइसकेको गोलभेडामा बालीको हकमा भने यो विषदी छर्किनु नपर्ने सल्लाह प्राविधिकको छ ।

बैतडीका किसानले तरकारीखेती तथा बाली बीमा नगर्ने गरेकाले क्षतिपूर्तिसमेत पाउँदैनन् । गोकुलेश्वर क्षेत्र तरकारीखेतीका लागि पकेट क्षेत्रका रुपमा चिनिन्छ । बैतडीमा चार हेक्टर बढी जमिनमा व्यावसायिक तरकारीखेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस