२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जना पक्राउ

अ+ अ-

भद्रपुर । शहरमा प्रहरीले निगरानी बढाएसँगै ग्रामीण क्षेत्रमा घर भाडामा लिएर युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर–५ घर भई हाल मेचीनगर नगरपालिका–७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, सोही वडाका ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर–६ का सूर्य भनिने श्यामप्रसाद शिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

उनका अनुसार उनीहरुले मेचीनगर–७ स्थित प्यारीभिट्टामा चार तले १६ कोठा भएको घर भाडामा लिएर युवतीलाई राख्ने र ग्राहकसँग मोटो रकम लिएर उनीहरुलाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका–६ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान २० र २१ वर्षका महिलालाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारेको थियो । आफ्नो घर भक्तपुर र मोरङ बताउने दुई युवतीलाई सोधपुछ गर्दा सो रहस्य प्रहरीले पत्ता लगाएको हो ।

युवतीहरुले आफूलाई बन्धक बनाइ घरमा राखेर ग्राहकसँग दिनभर यौनसम्पर्क गराउने र बेलुका विभिन्न होटलमा पुर्‍याउने गरेको बताएको उनको भनाइ छ । उनका अनुसार उनीहरुले दैनिक पाँचदेखि छ जनासँग यौन सम्पर्क गराउन महिलालाई बाध्य बनाउँदै आएका थिए ।

यौन सम्पर्क गरे वापत प्रतिघण्टा रु पाँच सय र रातको समयमा होटलमा पठाउँदा प्रति रातको रु दुई हजार ५०० दिने प्रलोभन देखाई ती युवतीलाई यौन धन्दामा लगाउने र उनीहरुले भने रु १० हजारसम्म लिने गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रनाउ पोखरेलले बताए ।

बुधबार पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उनीहरुलाई मानव बेचबिखन ओसारपसार विरुद्धको मुद्दा चलाइनेछ ।

मानवविखन तथा ओसारपसार कसुरको अभियुक्तलाई १० देखि १५ वर्षसम्म कैद र रु दुई लाखसम्म जरिवाना हुनेछ । युवतीको उद्धार गरी प्रहरीले काठमाडौँमा रहेको विश्वास नेपालको आश्रममा पुनःस्थापनाका लागि पठाउने तयारी गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस