२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायालयको सुधारमा लागिपरेको छु : प्रधानन्यायाधीश जबरा

अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायको अनुभूति गर्ने आशाको केन्द्रबिन्दु न्यायपालिका भएको बताएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनको ४७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, ‘न्यायपालिकाको सुधार र परिमार्जन गर्न तथा यसको गरिमालाई उच्च राख्न सम्बन्धीत सबै पक्ष सक्रियताका साथ लाग्नुपर्दछ ।’

प्रधानन्यायाधीश जबराले आफूले नेतृत्व गरेको संस्थालाई बुद्धिले भ्याएसम्म स्वतन्त्र, सक्ष्म र सुदृढ बनाउन लागिपरेको बताए ।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले आचारसंहिताको पालना कडाईका साथ गर्न न्यायाधीश र कानून व्यवसायीलाई आग्रह गरे। ‘समाज फौजदारीकरण हुँदैछ, कानून व्यवसायी पेशामा इमान्दार भएर बस्नुस्’, उनले भने, ‘न्यायालय जनताको अन्तिम आशाको केन्द्र हो ।’

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून व्यवसायीको आचरणले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै न्याय सम्पादनमा सहयोग पुर्‍याउनका लागि पारदर्शी ढङ्गबाट न्यायपालिकाको इज्जत राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सर्वोच्च बारका संस्थापक अध्यक्ष स्व वरिष्ठ अधिवक्ताद्वय कुसुम श्रेष्ठ र वासुदेव ढुङ्गानाले न्याय क्षेत्रमा पुर्‍याएको योगदानलाई स्मरणसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस