काठमाडौँ । स्वीस दूतावासले निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटासँग सेक्युरिटी प्रेसका बारे कुरा गर्न कुनै भेटवार्ता नभएको बताएको छ ।
सार्वजनिक भएको अडियोमा आफूलाई स्विस कम्पनीका एजेन्ट बताउने विजयप्रकाश मिश्रले स्वीस एम्बेसीसँग पनि भेट गराउने संवाद मन्त्री बास्कोटासँग गरेको सुनिएसँगै सोही अडियोलाई लिएर समाचारहरू प्रकाशित भएपछि काठमाडौँस्थित स्वीस दूतावासले प्रेस विज्ञप्ति प्रकाशन गरेर त्यसको खण्डन गरेको हो ।
दूतावासले सञ्चारमाध्यमहरूमा उल्लेख भएजस्तो स्वीस कम्पनीका कुनै प्रतिनिधिले समाचारमा उल्लेख भएका व्यक्तिसँग नभेटेको स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दूतावासको आग्रहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग कसैले पनि भेट गरेको छैन।’
अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीवार दिउँसो मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।
प्रेस विज्ञप्ति