२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

अ+ अ-

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापीय प्रणालीको प्रभावले देशभरि बदली रही पहाडी भूभागका एक–दुई स्थान र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । मौसमविद्का अनुसार उक्त वायुको प्रभावले देशका धेरैजसो स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उपत्यकामा आज केही समय घाम लागे पनि मध्याह्नबाट बदली भई वर्षा हुने बताइएको छ ।

उपत्यकामै पनि कुनै ठाउँमा वर्षा हुने कुनै ठाउँमा नहुने बताइएको छ । पश्चिमी वायुको प्रभाव शनिबारबाट विस्तारै कम हुँदै गए पनि तुवाँलो भने यथावत रहने छ । तुवाँलो ह्टनका लागि भारी वर्षा हुनुपर्छ र हावाको गति पनि बढ्नुपर्छ । “तत्काललाई भारी वर्षाको सम्भावना भने छैन”, मौसमविद् कँडेलले भनिन्।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्वी भूभागका केही स्थानमा हल्का वर्षा र पश्चिमी तथा मध्यम क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव एक डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस