३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राससले समयसापेक्ष आफूलाई परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री राउत

अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले राससले समयसापेक्ष आफूलाई परिवर्तन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) को ५९ औँ वार्षिकोत्सवको अवसरमा रासस प्रदेश नं.२ कार्यालयद्वारा आज जनकपुरस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा उनले राज्यको आधिकारिक धारणा सार्वजानिक गर्ने सरकारी मिडियाको रुपमा रहेको राससले बदलिँदो परिस्थितमा आफूलाई पनि परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री राउतले राज्यको मात्र धारणा सार्वजनिक गर्ने मिडियाको रुपमा परिचित राससले सबैको भावनालाई समेट्नुपर्ने उल्लेख गर्दै सरकारको सफलता र असफलतामा मिडियाको भूमिका अहम हुने भएकाले सरकारको सकारात्मक कामलाई जनतामा लैजानु र गलत कामको आलोचनात्मक टिप्पणी गर्नु मिडियोको धर्म भएको बताए ।

संघीयतालाई मजबुत बनाउन राससले स्वतन्त्र, निष्पक्ष एवं सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिदैं उनले प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री राउतले पत्रकार र पत्रकारितालाई व्यवस्थित बनाउनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै संघीयतालाई कमजोर बनाउन पछिल्लो समय षडयन्त्र भइरहेको हुँदा यसलाई सुरक्षित गर्नु सवैको साझा दायित्व रहेको बताए ।

कर्मचारीको अभाव र असहयोगका कारण प्रदेश सरकारले अपेक्षाकृत काम गर्न नसकेको स्वीकार्दै यस्तै अवस्था रहे लोकतन्त्र र संघीयता नै धरापमा पर्नसक्ने खतरा रहेको उल्लेख गर्दै उनले अविलम्ब दक्ष कर्मचारी पठाउन संघीय सरकारसँग आग्रह गरे ।

प्रदेश नं २ सरकारका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयकमा केही त्रुटि वा कमजोरी भए सञ्चारकर्मीसँग छलफल गरी टुङ्ग्याउने बताउँदै मिडिया विधेयकले पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउने दाबी गरे ।

प्रदेश नं २ भरिमा २०७५ माघ १ गतेपछि जन्मिएका २० हजार छोरीहरुको बीमा गरेको, १४ हजार १४० छात्रालाई साइकल वितरण गरेको, सामाजिक रुपान्तरणका लागि हरेक क्षेत्रमा महिलालाई ५० प्रतिशत आरक्षण, दलित विधेयकजस्ता महत्वपूर्ण काम गरेर प्रदेश नं २ सरकारले छोटो समयमा हासिल गरेको सफलता ऐतिहासिक भएको उल्लेख गर्दै उनले प्रदेश सरकारको सकारात्मक काममा मिडियाले सहकार्य गर्नुपर्ने आवश्यकता औल्याए।

वरिष्ठ पत्रकार राजेश्वर नेपालीले राससमा काम गर्दाको क्षण महत्वपूर्ण रहेको अनुभव सुनाउँदै राससलाई अझै निष्पक्ष, तथ्यपरक मिडियाको रुपमा सबैले लिने गरेको बताए । अर्का वरिष्ठ पत्रकार रामभरोस कापडीले बद्दो सामाजिक सञ्जालको प्रयोगसँगै कतिपय गलत समाचार सामाजिक सञ्जालमा प्रयोग भइरहको बताउँदै राससलगायतका सरकारी सञ्चारमाध्यमले अझै आफ्नो विश्वनीयतालाई कायम राखेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ धनुषाका पूर्वसभापति तथा प्रदेशसभाका सदस्य रामअशिष यादवले गणतन्त्रमा पत्रकार र पत्रकारिता अक्सिजनको रुपमा काम गरिरहेको बताउँदै अक्सिजनलाई नियन्त्रित गरेर गणतन्त्र सुरक्षित हुन नसक्ने भएकाले प्रेसलाई स्वतन्त्र बनाइराख्नुपर्नेमा जोड दिए ।

रासस प्रदेश नं २ कार्यालय जनकपुरका प्रमुख हिमांशु चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, रासस वीरगञ्जका प्रमुख वीरेन्द्र कर्णले राससको इतिहास, भूमिका, योगदान, समस्या र चुनौतीका विषयमा प्रकाश पारे ।

सो अवसरमा मुख्यमन्त्री राउतले राससको उत्कृष्ट स्थानीय समाचारदाता सञ्जीतकुमार मण्डललाई पुरस्कृत गर्नुको साथै राससको स्थापनाकालमा समाचारदाताको रुपमा योगदान पुर्‍याउने वरिष्ठ पत्रकार बृजकुमार यादवलाई दोसल्ला ओढाएर सम्मान गरे । रासस

प्रतिक्रिया दिनुहोस