सुनको मूल्य बढ्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो


६ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यसअघि सुन आइतबार र सोमबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस