जेलबाट छुट्नासाथ महरालाई प्रचण्डको फोन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जेलबाट छुट्नासाथ महरालाई प्रचण्डको फोन


५ फाल्गुन २०७६, सोमबार


काठमाडौं । बलात्कार मुद्धामा सफाई पाएका निवर्तमान कृष्णबहादुर महरालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।

डिल्लिबजार कारागारबाट रिहा भएलगत्तै अध्यक्ष प्रचण्डले फोन गरेर महरालाई बधाई दिएका हुन् । कारागार परिसर भित्रै बिदाइमा रहेका बेला महरालाई प्रचण्डको फोन आएको हो । फोनमा प्रचण्डले अदालतबाट सफाइ पाएकोमा बधाई दिएका हुन् ।

अन्य कुराकानी भने खुलेको छैन् । जेलबाट छुटेका महरालाई प्रहरीले कडा सुरक्षाबीच उनको निवास लगेको छ । उनले यो प्रकरणमा भोलि पत्रकार सम्मेलन गरेर बोल्ने जानकारी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस