पूर्वउपसभामुख तुम्बाहाङ्फे कानुनमन्त्री बन्दै, आजै शपथ लिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पूर्वउपसभामुख तुम्बाहाङ्फे कानुनमन्त्री बन्दै, आजै शपथ लिने


५ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन,न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छन्।

कानुनमन्त्री उपेन्द्र यादवले राजीनामा दिएपछि रिक्त रहेको कानुनमन्त्रीको जिम्मेवारी तुम्बाहाम्फेलाई दिइने भएको हो ।

उनलाई आजै दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिएका छन्।

मन्त्री यादवको राजीनामापछि कानुन मन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिएको थियो।

सभामुखको दाबी गर्दै आएकी उपसभामुख तुङ्बाहाङ्फेलाई राजीनामा दिन लगाएर सभामुखमा अग्नि सापकोटालाई बनाइएको छ।

उपसभामुख पद भने अहिले खाली रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस