२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, झण्डै दुई अर्बको कारोवार

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २० अङ्कले बढेको छ । साताको पहिलो दिन आज विभिन्न चार कम्पनीको शेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार ३६३.९७ मा पुगेको हो ।

यस्तै सेन्सेटिभ परिसूचक १.५८ ले वृद्धि भई २८५.८२ मा पुगेको छ । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ । कूल १७६ कम्पनीको ४१ लाख पाँच हजार १३४ कित्ता शेयर रु एक अर्ब ९७ करोड ८१ लाख आठ हजार ७०१ बराबरको कारोवार भयो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । वित्त ३.३४, अन्य २.६८ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ । यस्तै बैंकिङ ५.१५, व्यापार ११.०२, होटल ६.९५, विकास बैंक ४.५४, जलविद्युत् ९.४५, निर्जीवन बीमा ४१६.७९, उत्पादन ५३.९४, लघुवित्त ५७.८१, जीवन बीमा ३९८.६९ ले बढेको छ ।

कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १८ करोड चार लाख २० हजार ३१५ बराबरको कारोवार भएको छ । यस्तै शिवम् सिमेन्ट रु १३ करोड पाँच लाख २६९, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड ४७ लाख ११ हजार ४४७, सूर्या लाइफ इन्सुरेन्स कम्पनी रु छ करोड ९६ लाख ७३ हजार ७०, शिखर इन्सुरेन्स कम्पनी रु छ करोड ७८ लाख ८९ हजार २६३, नेपाल इन्सुरेन्स कम्पनी रु पाँच करोड ७७ लाख ७७ हजार ४१ र नेको इन्सुरेन्स कम्पनी रु पाँच करोड ६८ लाख १४ हजार ८१४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

बजारले ‘बुलिस ट्रेन्ड्र’ पछ्याउँदा विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक प्रभाव देखिएको हो । राधी विद्युत् कम्पनी ९.४९, एनएलजी इन्सुरेन्स ९.४६, ङादी ग्रुप अफ पावर ९.२४, नेपाल हाइड्रो ९.२३ र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले ९.१० प्रतिशतले कमाए ।

यस्तै नबिल ब्यालेन्स फन्ड दोस्रो ६.६७, सेन्ट्रल फाइनान्स ५.८८, जानकी फाइनान्स ५.०२, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स ३.५७, नबिल इक्विटी फन्ड ३.१७ र मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले २.८१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस