आजको मौसम : हल्का वर्षाको सम्भावना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आजको मौसम : हल्का वर्षाको सम्भावना


४ फाल्गुन २०७६, आइतबार


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले पहाडी क्षेत्रका केही स्थानमा पानी पर्ने सम्भावना रहेको पूर्वानुमान गरेको हो ।

देशका अधिकांश स्थानमा भने आंशिक र सामान्य बदली भएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

Tags :
प्रतिक्रिया दिनुहोस