म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध, दुई सिजनमा सहभागी हुन नपाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध, दुई सिजनमा सहभागी हुन नपाउने


३ फाल्गुन २०७६, शनिबार


काठमाडौं । म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध लागेको छ । युरोपियन क्लब प्रतिस्पर्धाका दुई सिजनमा सहभागी हुन नपाउने गरी म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध लागेको हो ।

नियम उल्लंघनको आरोपमा युरोपियन फुटबलको प्रशासकीय निकाय यूईएफएले म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध लगाएको बताइएको छ ।

म्यानचेस्टर सिटीले क्लब इजाजत तथा आर्थिक पारदर्शिताको नियम उल्लङ्घन गरेको आरोप लागेको छ ।

प्रिमियर लिगमा सिटीमाथि प्रतिबन्ध नगरिए पनि जरिवाना गरिएको छ । सिटीले प्रिमियर लिगमा सहभागिताका लागि ३० मिलियन युरो जरिवाना तिर्नुपर्ने छ । यसविरुद्ध सिटीले खेल अदालतमा पुनरावेदन गर्न सक्ने छ ।

म्यानचेस्टर सिटीले प्रतिबन्धको निर्णमाथि आफू निराश भएका तर आश्चर्यमा नपरेको बताएको छ । सिटीले
प्रतिबन्धविरुद्ध खेल अदालत जाने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस