२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाशिवरात्रिको तयारीका लागि पशुपतिमा सफाइ

अ+ अ-

काठमाडौं । महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ शुरु गरिएको छ । पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय संघ संस्था गुह्येश्वरी विनायक युवा क्लब, पशुपति गुह्येश्वरी महिला विकास संस्था, तिलगङ्गा महिला समूह र कोषका कर्मचारीको संयुक्त उपस्थितिमा कैलाश डाँडा क्षेत्रमा सफाइ गरिएको हो । महाशिवरात्रिमा पशुपतिमा स्वदेशी एवं विदेशी गरी लाखौँ धार्मिक पर्यटक आउने गर्छन् ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा यसपटक महाशिवरात्रिलाई विशेषरुपमा मनाउने तयारी कोषले गरिरहेको छ । महाशिवरात्रि मनाउन यस वर्ष कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

पशुपति क्षेत्र वरपर महाशिवरात्रिअघि प्रत्येक दिन सफाइ अभियान चलाउन लागिएको कोष सञ्चालक सदस्य आशा पाण्डेले जानकारी दिइन् । भ्रमण वर्षका अवसरमा विदेशमा समेत प्रचारप्रसार भइरहेकाले पनि पशुपति क्षेत्रलाई सफा राख्न मन्त्रालयलेसमेत विशेष निर्देशन दिएको छ ।

यसैगरी मुहानदेखिकै नदी सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले पनि पशुपतिभन्दा माथिको वाग्मतीमा विशेष सफाइ अभियान शुरु गरेको छ । महाशिवरात्रिमा वाग्मती सक्दो स्वच्छ पानी बगाउने उद्देश्यले यो अभियान शुरु गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिइन् । त्यस क्षेत्रका स्थानीय संघसंस्था, गुह्येश्वरीमाथिका विद्यालयको समेत सक्रियतामा यस क्षेत्रको नदी सफाइ गर्न लागिएको हो । मञ्चले प्रत्येक हप्ता शनिबार हुने गुह्येश्वरीमाथिको वाग्मती सफाइमा पनि विद्यालयका विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।

यस वर्ष फागुन ९ गते महाशिवरात्रि परेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले महाशिवरात्रिका दिन देवादिदेव महादेवको पूजा आरधाना, रुद्राभिषेक गरी मनाउने गर्छन् । कोषले ११ उपसमिति गठन गरी पशुपति क्षेत्रमा महाशिवरात्रि विशेषरुपमा मनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस