२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा चुनौतीलाई समाधान गर्न प्रहरी सक्षम : महानिरीक्षक ज्ञवाली

अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौती सामना गर्न नेपाल प्रहरी सक्षम हुनुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट आज भिडियो कन्फे्रन्सद्वारा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिँदै उनले नागरिकको सुरक्षा र समाजमा शान्ति स्थापनामा कुनै सम्झौता गर्न नहुनेमा जोड दिए ।

प्रहरी महानिरीक्षक ज्ञवालीले चुनौतीहरुको समाधान गर्न उच्च सतर्कताका साथ परिचालन गरी आक्रामक रुपमा प्रस्तुत हुन प्रदेश प्रमुखलाई निर्देशन दिए । आवश्यकताअनुसार प्रदेश सरकार, सम्बन्धित निकाय, स्थानीय तह, स्थानीय प्रशासनसँग समन्वय गरी उच्च प्रतिफल आउने गरी काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै पनि घटना, दुर्घटना भएमा तत्काल आवश्यकताअनुसार प्रहरी परिचालन गरी विधि तथा प्रक्रियासम्मत कानूनी कारवाही अगाडि बढाउनुपर्ने बताउँदै सबै प्रदेशका प्रहरी प्रमुखले आआफ्नो प्रदेशको सुरक्षा चुनौतीको पहिचान गरी उच्च रणनीतिका साथ लाग्नुपर्नेमा जोड दिए ।

प्रहरी कारवाहीको क्रममा मानवअधिकारको संरक्षण गर्नुपर्नेमा ध्यानाकर्षण गराउँदै उनले हिंसाजन्य क्रियाकलापमा प्रहरीको सङ्लग्नता क्षम्य नहुने बताउँदै उनले राजमार्ग अवरोध, अवाञ्छित गतिविधिलगायत अन्य अपराधिक गतिविधि नियन्त्रणमा पूर्ण सक्रियताका साथ लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस