२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनमा कोरोना भाइरसले ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

अ+ अ-

काठमाडौँ । चीनको वुहान शहरमा कोरोना भाइरसका कारण एक हजार ११५ जनाले ज्यान गुमाइसकेका छन् । हजारौँ कोरोनाको भाइरसबाट सङ्क्रमित छन् । सो शहरका मानिस कोरोनाको सङ्क्रमणसँग लडिरहेका बेला कोरोना भाइरसको महामारीले विश्व जगत्को ध्यान तानेको छ ।

चीनले आफ्ना नागरिकलाई अन्य मुलुक जानमा रोक लगाएको छ । अन्य देशबाट चीनमा गई बसोवास गर्दै आइरहेकाहरु धामधम स्वदेश फर्किरहेका छन् । कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको सम्झनामा आज काठमाडौँमा दीप प्रज्वलन गरियो । मन्त्री, सांसद, नेपालका लागि चिनियाँ राजदूत, कलाकार, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ।

ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा कलाकार, साहित्यकारले कोरोनाविरुद्धको अभियानमा चीनलाई परेको विपत्तिमा ‘हामीसँगै छौँ’ भन्दै गीत, कविता पस्किए । आफ्नो देशमा परेको सङ्कटप्रति नेपालले देखाएको सहानुभूतिबाट राजदूत होउ यान्छी भावुक देखिन्थिन् ।

कलाकारका गीत र मर्मस्पर्शी कविताले दर्शक दीर्घाबाट बारम्बार ताली बर्सियो । राजदूत यान्छीले पनि तालीमा साथ दिइन् । विद्यार्थीले सामूहिक गीत प्रस्तुत गरे । कलाकार आनी छोइङ डोल्माको गीत र कवि बलराम दाहालको कविताले सबैलाई मन्त्रमुग्ध बनायो । हास्य कलाकार मनोज गजुरेलले कविताबाट सामाजिक सञ्चालमा कोरोना भाइरसबारे भइरहेका अनावश्यक हल्लाले मानिसमा त्रास उत्पन्न गरेको बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मित्रराष्ट्र चीनमा परेको सङ्कट समाधानमा नेपाल सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताइन् । ‘चीनले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत कोरोना भाइरसको सङ्कटलाई धेरै हदसम्म कम गर्न सफल भएको छ’, उनले भनिन्, ‘नेपालको विपत्तिमा पटक–पटक सहयोग गर्दै आइरहेको चीनलाई परेको विपत्तिमा नेपाल सक्दो सहयोग गर्न तयार छ ।’

मन्त्री अर्यालले चीनमा रहेका नेपाली विद्यार्थीसँग सरकार सम्पर्कमा रहेको भन्दै अहिलेसम्म कुनै पनि नेपाली विद्यार्थीमा कोरोनाको सङ्क्रमण नदेखिएको बताइन् । उनले सरकार नेपाली विद्यार्थीलाई स्वदेश फिर्ता ल्याउने अन्तिम तयारीमा रहेको जानकारी दिइन् ।

राजदूत यान्छीले कोरोनाविरुद्धको अभियानमा नेपालले दर्शाएको सदासयताप्रति धन्यवाद दिँदै नेपालको सहयोगले चीनलाई थप ऊर्जा प्रदान गरेको बताइन् । उनले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायतका सरकारी अधिकारी तथा नागरिकको सक्रियताका कारण वुहान शहर कोरोनाको सङ्क्रमणबाटमुक्त हुने दिशामा अग्रसर बन्दै गएको बताइन् ।

‘विश्व स्वास्थ्य सङ्गठन र अन्तरराष्ट्रिय नीति नियमलाई पालना गर्दै कोरोनाविरुद्धको अभियानमा चीन सरकार लागिपरेको छ’ उनले भनिन्, ‘पाँच हजारभन्दा धेरै मानिस उपचार गरेर घर फर्किसकेका छन् ।’ उनले २०७२ सालमा नेपालमा भूकम्प जाँदा चीनले तत्कालै राहत उपलब्ध गराएको स्मरण गराउँदै भूकम्पले भत्किएका संरचनाको पुनःनिर्माणमा पनि आवश्यक सहयोग प्रदान गरेको बताइन् ।

सांसद यज्ञराज सुनुवारले चीन छिमेकी राष्ट्र मात्र नभएर असल मित्र राष्ट्र भएको भन्दै सदियौंदेखिको सम्बन्धलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए। नेपाली काँग्रेसका नेत्री सुजता कोइरालाले कोरोना भाइससबाट सङ्क्रमित भएकाको उपचारका लागि चीन सरकारले देखाएको चिन्ता र चासोबाट अरु मुलुकले पनि पाठ सिक्नुपर्ने धारणा राखे । पूर्वमन्त्री आनन्द पोखरेलले माहामारी वा विपत्ति जुनसुकै राष्ट्रलाई पनि पर्नसक्ने हुँदा यो समस्या चीनको मात्र नभएर सम्पूर्ण मानवजगतको भएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस