१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारकर्मीले सरकार र राज्यलाई सही दिशानिर्देश गर्नुपर्छ : मन्त्री गिरी

अ+ अ-

रुपन्देही । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले सरकार र राजनीतिक दललाई सही दिशानिर्देश गर्नेगरी सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय समाचार समिति (रासस) प्रदेश ५ को आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा बुटवलमा सञ्चालित प्रदेशस्तरीय सञ्चारकर्मी क्षमता विकास कार्यक्रमको आज समापन कार्यक्रममा प्रमुख अतिथि मन्त्री गिरीले सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत नै लेख्नुपर्ने बताए ।

उनले भने, ‘विचार जेसुकै बोक्न सकिन्छ तर समाचार विश्लेषण गरेर सत्यमात्रै लेख्नुपर्छ, मान्छेले विश्वास गर्न नसक्ने परिस्थिति सिर्जना गर्नु हुँदैन ।’ संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्य मुलुकलाई राम्रो बनाउने भएकाले परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण हात रहने मन्त्री गिरीको भनाइ थियो ।

राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल)ले रासस जनताको सम्पत्ति भएको बताए । राससले प्रदेश ५ बाट प्रदेश बुलेटिन प्रकाशन गर्ने तयारी गरिरहेको बताउँदै प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

प्रमुख प्रशिक्षक वरिष्ठ पत्रकार हस्त गुरुङले समाजलाई एकताबद्ध गराउने गरी सञ्चारकर्मीले कलम चलाउनुपर्ने बताए । तीन दिनसम्म सञ्चालित तालीममा प्रदेश ५ का १२ जिल्लाका राससकर्मीको सहभागिता रहेको रासस प्रदेश ५ बुटवलका प्रमुख भरत केसीले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस