भरुवा बन्दुक सहित एक जना पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

भरुवा बन्दुक सहित एक जना पक्राउ


२८ माघ २०७६, मंगलबार


डोल्पा । डोल्पामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र प्रहरी ४६ नम्बर गुल्मको संयुक्त टोलीले ठुली भेरी नगरपालिका ४ का २८ बर्षिया खड्गबहादुर रोकायालाई वडा नम्बर २ लोचा खोलाबाट सोमबार पक्राउ गरेको हो ।

गस्तीमा खटिएको प्रहरी टोलीलाई शङ्का लागि खानतलासी गर्दा उनको साथबाट भरुवा बन्दुक एक थान,घरेलु चक्कु एक थान,कालो झोलामा बारुद ७८ ग्राम,पासो एक थान,केप ९ थान,सिसाका छर्रा १९ थान सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख नारायण रञ्जितकारले बताए ।

उनलाई हातहतियार तथा खरखजना कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान भई रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस