ओस्कार २०२० : दक्षिण कोरियाली चलचित्र प्यारासाइटले रच्यो नयाँ कीर्तिमान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओस्कार २०२० : दक्षिण कोरियाली चलचित्र प्यारासाइटले रच्यो नयाँ कीर्तिमान


२७ माघ २०७६, सोमबार


काठमाडौँ । दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट चलचित्रको पुरस्कार जितेर नयाँ कीर्तिमान बनाएको छ।

चलचित्र ‘प्यारासाइट’ उक्त पुरस्कार जित्ने अङ्ग्रेजीबाहेक अन्य भाषामा बनेको पहिलो चलचित्र हो।

‘जोकर’ चलचित्रका लागि ओआकिन फिनिक्सले उत्कृष्ट नायक र ‘जुडी’ चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको पुरस्कार जितेका छन्।

ब्य्राड पिटले ‘वन्स अपन अ टाइम इन हलिउड’ का लागि उत्कृष्ट सहनायक र लोरा डेर्नले ‘म्यारिज स्टोरी’ का लागि उत्कृष्ट सहनायिकाको पुरस्कार हात पारेका छन्।

प्यारासाइटले उत्कृष्ट निर्देशनसहित चारवटा उपाधि जितेको छ भने साम मेन्डेसको १९१७ चलचित्रले तीनवटा उपाधि जितेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस