२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हात्ती सफारी र डुङ्गा सयरको आनन्द उठाउँदै पर्यटक

अ+ अ-

इनरुवा । नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले हात्ती सफारी र डुङ्गा सयर (बोटिङ)को आनन्द लिइरहेका छन् ।

महोत्सवमा दैनिक रुपमा हात्ती सफारी र बोटिङ गर्नका लागि एक हजारभन्दा बढीको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका बताइएको छ । गाउँपालिकाले ५० हजारदेखि एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको सो महोत्सवले उल्लेख्य मात्रामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सफल भएको गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले बताए ।

भ्रमण वर्षमा संघीय सरकारले २० लाख र प्रदेश नं १ सरकारले लिएको ५ लाख पर्यटक भित्र्याउने लक्ष्य पुर्‍याउन महोत्सवको आयोजना गरिएको उनको भनाइ छ । नेपाल भ्रमण वर्षको लक्ष्य हासिल गर्न, आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धि गर्न, कोशी टप्पुलाई उत्कृष्ट पर्यटनस्थलका रूपमा चिनाउन, पर्यटन पूर्वाधार निर्माण गर्न, प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण संवर्द्धन गर्न महोत्सव आयोजना गरिएको अध्यक्ष अंसारीले बताए ।

कोशी टप्पुको पहिचान झल्काउने उद्देश्यले मुख्यमन्त्री शेरधन राई, उद्योग पर्यटन वन तथा वतावरणमन्त्री जग्दीशप्रसाद कुशियैत लगायतलाई हात्ती सफारी गराइएको उनले जानकारी दिए । यही माघ १९ देखि शुरु भएको महोत्सव यही माघ २९ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवमा प्रत्येक दिन राति तथा दिउँसो विभिन्न किसिमका कार्यक्रमसमेत हुने गरेका आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस