२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीएयरलाइन्सको काठमाडौं-पोखरा उडान सुरु

अ+ अ-

काठमाडौं । श्री एयरलाइन्सले शुक्रबारबाट काठमाडौं–पोखरा उडान शुरु गरेको छ ।

८० सिट क्षमताको ड्यास एट क्यु ४०० जहाजबाट उडान सुरु गरेको एयरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ वटा उडान गर्ने र मागअनुसार ५ वटासम्म उडान गर्ने योजना रहको बताए ।

पोखरा पर्यटकीय क्षेत्र भएको र पर्यटन वर्ष २०२० लाई लक्षित गरी पोखरा उडान सुरु गरेको उनले बताए । उनले केही दिनका लागि काठमाडौंदेखि पोखरासम्मको भाडा २ हजार रुपैयाँ र पोखरादेखि काठमाडौंको भाडा २ हजार ६ सय रुपैयाँ तोकिएको बताए ।

एयरलाइन्सका क्याप्टेन भरतसिंह थापाले ड्यास एट क्यु ४०० जहाज सानो रनवेमा पनि जान सक्ने र तीब्र गतिमा उडन सक्ने बताए । उनले ठुलो जहाज भएकाले नेपाली आकासमा ट्राफिक समेत कम हुने बताए ।

श्रीले यसअघि ६ वटा जहाजबाट भद्रपुर, विराटनगर, राजबिराज, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलमा सेवा दिँदै आएको छ । सेवा बढाउँदै जाने रणनीति अनुसार श्रीले थप तीनवटा ड्यास एट क्यु ४०० जहाज खरिद गर्ने योजनामा रहेको प्रबन्धक मानन्धरले बताए । उनले नेपाली यात्रुलाई जस्तै विदेशी यात्रुलाई समेत तीनवटा भाडादर उपलब्ध गराएको बताए ।

प्रतिक्रिया दिनुहोस