बागलुङमा एक सातादेखि बालिका बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागलुङमा एक सातादेखि बालिका बेपत्ता


प्रशासन संवाददाता

२४ माघ २०७६, शुक्रबार


बागलुङ । काठेखोला गाउँपालिका–७ कि १२ वर्षीया सन्ध्या बस्याल एक सातादेखि बेपत्ता छिन् । गत शुक्रबार बिहान ८:३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा छन् ।

प्रहरी र स्थानीयवासीले खोजी कार्य तीव्र पारे पनि बस्याल फेला पर्न सकेकी छैनन् । उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५ मा पढ्थिन । छोरीको खोजीमा सहयोग गर्न बुबा नरबहादुरले सबैमा आग्रह गरेका छन् ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस