कांग्रेस उपसभापतिविरुद्ध मुद्दा लागेपछि देउवा निवासमा आकस्मिक बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस उपसभापतिविरुद्ध मुद्दा लागेपछि देउवा निवासमा आकस्मिक बैठक


२३ माघ २०७६, बिहिबार


काठमाडौं । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि सभापति शेरबहादुर देउवा निवासमा आकस्मिक बैठक बसेको छ ।

उपसभापति गच्छदारलाई साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागेपछि सभापतिनिवास बूढानीलकण्ठमा आकस्मिक बैठक बसेको हो ।

बिहीबार बिहान बोलाइएको बैठकमा केही कानूनविदहरूलाईसमेत बोलाइएको छ ।

बैठकमा नेपाली कांग्रेसका शीर्ष नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतका भेला भएर छलफल गरिरहेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा उपसभापति गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री गच्छदारमाथि ९ करोड ६५ लाख ७६ हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस