२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनता र पार्टीबीचको सम्बन्ध सुदृढ गर्न अभियान : अध्यक्ष दाहाल

अ+ अ-

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र पार्टीबीचको सम्बन्धलाई सुदृढ गराउन तीन महिने अभियान सञ्चालन गरिने बताएका छन् ।

प्रेस सङ्गठन नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तीन महिने अभियानका साथ पार्टी जनता माझ पुग्ने बताए । हालै सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकबाट पार्टीले भावनात्मक एकता कायम गरेको बताउँदै उनले यो बैठकसँगै पार्टी र सरकारबीचको सम्बन्ध सुदृढ भएर अघि बढ्ने बताए ।

पार्टीले सरकारको नेतृत्व गर्ने र संघ, प्रदेश र स्थानीय तहमा पनि पार्टीगत संयन्त्रका आधारमा अघि बढ्ने बताउँदै अध्यक्ष दाहालले बैठकका क्रममा समूहगत छलफल भई अस्पष्ट विषय पनि नेतृत्व तहबाट प्रष्ट पारिएको बताए । उनले पार्टी एकतापछि ठूलो सङ्ख्यामा रहेको केन्द्रीय कमिटीभित्रका साथीबीच पनि अन्तरघुलन भएको धारणा राखे ।

समृद्धि र विकासको लक्ष्यमा पार्टी एवं सरकार योजनावद्ध ढङ्गले अघि बढ्ने धारणा राख्दै उनले पार्टी र सरकारकाबीचमा कहीँ असमझदारी छ की भन्ने विषय बैठकसँगै अन्त्य भएको बताए । नेपाल भ्रमण वर्षको शुरुआत्मा कोरोना भाइरसका कारण केही प्रभाव परेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालमा यो भाइरस एउटा व्यक्तिमा पनि सङ्क्रमण नभएको स्पष्ट पारे।

एमसिसी सम्बन्धमा पार्टीको बैठकमा पनि समूहगत छलफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसका सम्बन्धमा थप प्रष्ट हुने गरी प्रतिवेदन दिन तीन सदस्यीय अध्ययन कार्यदल गठन गरिएको जानकारी दिए ।

सीमा विवादमा सिङ्गो राष्ट्र एकताबद्ध हुनुको साथै सरकारले सर्वदलीय सर्वपक्षीय बैठक बोलाएर राष्ट्रलाई एक ठाउँमा उभ्याएको चर्चा गर्दै अध्यक्ष दाहालले सरकारको तर्फबाट कूटनीतिक नोट भारत समक्ष पठाइएको जानकारी दिए । नेपालले भारतसँग राजनीतिक तथा कूटनीतिक छलफलबाट छिटो समस्याको समाधान चाहेको बताउँदै उनले भारतबाट पनि यसमा सकारात्मक प्रतिक्रिया आएको बताए ।

प्रतिक्रिया दिनुहोस