२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजारः नेप्सेमा सामान्य वृद्धि

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्सेमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.३१ अङ्कले बढेर एक हजार ३४२.३६ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.९३ अङ्कले घटेर २८५.९२ मा पुगेको छ ।

परिसूचक वृद्धि भए पनि कारोबार रकम एक अर्बमै सीमित भएको छ । आज कुल १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता शेयर रु एक अर्ब आठ करोड २४ लाख ८३ हजार ९०९ मा खरिदबिक्री भयो ।

कारोबार भएका कुल १२ मध्ये आठ उपसमूहको शेयर उकालो लागेको छ । सबैभन्दा बढी होटल उपसमूहको शेयर ५३ अङ्कले बढेको छ । बैंकिङ ३.७७, व्यापार २८.०४, जीवन बीमा ३८.२६, वित्त ५.४, निर्जीवन बीमा २६.४८, अन्य ११.१३ र लघुवित्त ६.०२ अङ्कले बढेको छ ।

विकास बैंक २.२३, जलविद्युत् ६.१२, उत्पादन ११.०७ र सामूहिक लगानी कोषको शेयर ०.१३ मा घटेको छ । कारोबार रकमका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु १३ करोड ६ लाख १२ हजार १२९ मा खरिदबिक्री भयो ।

यस्तै नागरिक लगानी कोषको रु छ करोड २३ लाख ३८ हजार १३६, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ९० लाख ८० हजार ६४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु चार करोड आठ लाख ६० हजार १७३, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५७ लाख चार हजार ५३८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५५ लाख २० हजार ४६१ र नेको इन्स्योरेन्सको शेयर रु दुई करोड २७ लाख ३५ हजार ९१३ मा खरिदबिक्री भयो ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी ९.९७ प्रतिशतले कमाए । सिभिल बैंकको ८.७८, नागरिक लगानी कोषको ७.०८, कर्णाली डेभलपमेन्ट बैंक ६.२५, रिलायन्स फाइनान्स ४.९६, साल्ट ट्रेडिङ कर्पोरेशन ४.४० र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ४.०८ प्रतिशतले कमाए ।

आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६।२५ प्रतिशतले गुमाए । नेपाल हाइड्रो डेभलपर्स ६.०१, सानिमा माई हाइड्रोपावर ५.२८, दिव्यश्वरी हाइड्रोपावर ५.२६, सप्तकोशी डेभलपमेन्ट ४.६३ र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले ३.८९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस