ललिता निवास जग्गा प्रकरण : विजय गच्छदारसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ललिता निवास जग्गा प्रकरण : विजय गच्छदारसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता


२२ माघ २०७६, बुधबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार अपरान्ह उक्त मुद्दा दर्ता गरेको हो ।

अख्तियारले नेता गच्छदारसहित पूर्व सचिवहरु दिनेशहरि अधिकारी, दिप बस्न्यात, छबिराज पन्त, भाटभटेनीका मालिक मिनबहादुर गुरुङ, डम्बर श्रेष्ठ, शोभाकान्त ढकालसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । ढकाललाई ३९ करोड २७ लाख ६५ हजार बिगो दाबी गरेको छ ।

विशेष अदालतले आरोप पत्र आइसकेको र रुजु गर्ने काम भइरहेको जनाएको छ । ‘आरोपपत्र आएको छ । हामी रुजू गर्दै छौ, रुजु सकेर दर्ता प्रक्रियामा जान्छौ’, विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।

यो प्रकरणमा सीआईबीले तत्कालीन प्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल र बाबुराम भट्टराईको दोष नरहेको निचोड निकालेको छ । सीआईबीले सरकारी निर्णयलाई सही ठहर गर्दै तर कर्मचारीहरुले भूमाफियासँग मिलेर बालुवाटारको जग्गा विक्री गरेको प्रतिवेदन सरकारलाई दिएको थियो । बालुवाटारस्थित ललिता निवासको २१९ रोपनीमध्ये ११४ रोपनी जग्गा कर्मचारी र भूमाफियाले मिलेर विक्री गरेको सीआईबीको ठहर छ ।

हेर्नुस् विज्ञप्ति:

Tags :
प्रतिक्रिया दिनुहोस