२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सबैसँग समन्वयमा काम भएको छ : मन्त्री भट्टराई

अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन कुनै कमीकमजोरी हुन नदिन सरोकारवाला सबै पक्षसगँ समन्वय गरेर काम गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले अन्तरराष्ट्रियजगत्मा नेपालको पर्यटन प्रवर्द्धनका लागि उत्साहजनक सन्देश पुर्‍याउन गृहकार्य भइरहेको जानकारी दिए।

मन्त्री भट्टराईले भने, ‘नठानेको र नसोचेको विषय कोरोना नोवल भाइरसले केही असर पुर्‍याएको छ, पर्यटन वर्षका लागि जनशक्ति र स्रोत हामीसँग कमै छ, तथापि, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सरसफाइ, भौतिक पूर्वाधार निर्माण र अध्यागमन कार्यालयमा कामका हिसाबले निकै सुदृढ देखिएको छ ।

मुलुकमा पर्यटन प्रवर्द्धनका सन्दर्भमा सन् २०२० लाई सिकाइ र अनुभव लिने वर्षका रुपमा लिएर विशेषज्ञले बनाउने कार्ययोजनाका आधारमा २०२० देखि ३० को समयलाई पर्यटन दशकका रुपमा मनाइन लागेको उनले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको हुँदा पर्यटन विकास क्षेत्रको विकासका लागि तीनै तहका सरकारको समन्वयमा कार्यक्रम बनाएर काम गर्न सुझाव दिए ।

उनले भने, ‘नेपाल घुम्न आउने पर्यटकको आकर्षणको केन्द्र ठमेलमा खाल्टा, हिलो र धुलोबाट ग्रस्त छ, यसमा सुधार ल्याउनुपर्छ, पर्यटकप्रति गरिने व्यवहार संस्कार युक्त हुनुपर्छ, पर्यटकका लागि सुरक्षा, सजिलो पूर्वाधार, सफासुग्घर र हरियाली वातावरण, उत्सुकता लाग्ने नयाँ चीज वस्तु हामीले दिनुपर्छ ।’

पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले हामी पर्यटन वर्ष मनाउँदै गरेको अवस्थामा नेपालको पर्यटनको केन्द्रका रुपमा रहेका ठमेलमा फुटी रहेका ढल र खाल्टाखुल्टीले तयारी पर्यप्त भएन कि भन्ने प्रश्न उब्जेको देखिन्छ भने । उनले भने, ‘नेपाललाई पर्यटनको गन्तव्य प्रकृतिले नै उपहार दिएको छ, काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदालाई जोड्ने आकर्षक पदमार्ग बनाउन सकिए पर्यटकका लागि महत्वपूर्ण खुराक मिल्ने थियो ।

पूर्वपर्यटनमन्त्री भीमबहादुर रावलले सभ्यता, संस्कृति र आफ्नोपन देखाएर समृद्धिका लागि अर्थ जुटाउने तथा अन्तर्राष्ट्रियजगत्सँग मित्रवत् सम्बन्ध सुदृढ तुल्याउन योगदान पुर्‍याउने पर्यटन क्षेत्रको विकास र विस्तारका लागि अनुकूल वातावरण र सुशासन प्रणाली मिल्दोजुल्दो हुनुपर्छ भने ।

उनले भने, ‘हवाई भाडामा स्वदेशी र विदेशीका आधारमा फरक हुनुहुन्न, हवाई भाडामा एकरुपता कायम गर्ने सन्दर्भमा मन्त्रालयले यथाशीघ्र निर्णयमा पुगोस् ।’ सो अवसरमा समितिका सदस्य पुष्पा भुसाल, सुदन किराँती, उमा रेग्मी, सरला यादव, रेणुका गुरुङ, नारदमुनि राना, दीपकप्रकाश भट्ट, प्रेमप्रसाद तुलाचन लगायतले मुलुकमा पर्यटनको विकासका लागि तीनै तहले पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राखेर समन्वयका साथ अघि बढने वातावरण तयार गर्न सरकारलाई सुझाव दिए ।रासस

प्रतिक्रिया दिनुहोस