कोरोना भाइरस अपडेट : चीनमा ४९० जनाको मृत्यु, २५ हजारमा संक्रमण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कोरोना भाइरस अपडेट : चीनमा ४९० जनाको मृत्यु, २५ हजारमा संक्रमण


२२ माघ २०७६, बुधबार


काठमाडौं । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ। चीनको स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार थप ६५ जनाको ज्यान गएको जनाएको छ।

एक दिनमा ३ हजार ९ सय ७१ जनामा थप भाइरसको संक्रमण भेटिएको चनीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप मृत्यु हुने ६५ जना नै वुहान प्रान्तका रहेका छन्।

आज सार्वजनिक भएको तथ्यांकमा ४ सय ३१ जना गम्भीर बिरामी छन्। स्पातलबाट २ सय ६२ जना उपचारपछि घर फर्किसकेका छन्।

हालसम्म २४ हजार ३ सय २४ जना संत्रमित छन्। ति मध्ये २३ हजार २ सय ६० जनामा भाइरस पुष्टि भएको छ।

अहिले सम्म चीनमा २ लाख ५२ हजर १ सय २४ जनामा भाइरसको संक्रमणको शंका रहेको भन्दै १ लाख ८५ हजार ५ सय ५५ जना प्रत्यक्ष निगरानीमा रहेका छन्।

पहिलो पटक चीन बाहिर फिलिपिन्समा १ जना र हङकङमा १ जनाको ज्यान गएको छ।

नेपालसहित छिमेकी भारत र अन्य २० देशमा यो भाइरसको संक्रमण भेटिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस