एमसीसीका बारेमा नवुझेर जनस्तरमा भ्रम सिर्जना भइरहेको छ : परराष्ट्र मन्त्री « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

एमसीसीका बारेमा नवुझेर जनस्तरमा भ्रम सिर्जना भइरहेको छ : परराष्ट्र मन्त्री


२१ माघ २०७६, मंगलबार


गुल्मी । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एमसीसीका बारेमा नबुझेर जनस्तरमा भ्रम सिर्जना भइरहेको बताएका छन् । मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री ज्ञवालीले एमसीसीबारे नबुझेर नेपालमा विरोध भइरहेको बताउँदै सरकारले राष्ट्रहित विपरित कदम नचाल्ने बताए । उनले भने, ‘ठूला देशसँग मिलेर काम गर्दा पछि ठूला देशले साना देशलाई आफूतिर ढल्काउँछ कि भन्ने सोच्नु स्वभाविकै हो तर सरकारले राष्ट्रहित विपरित कदम चाल्दैन्। ढुक्‍क भए हुन्छ।’

उनले देशको हित विपरित सरकार एक इञ्‍च पनि नझुक्ने बताएका छन् । ‘नेपाली जनतालाई लाभ जेमा हुन्छ हामी त्यही अनुसार काम गर्छौं, उनले भने, ‘कसैले पनि अनावश्यक टिकाटिप्पणी गरेर समय खेर फाल्नु हुँदैन्।’

मन्त्री ज्ञवालीले एमसीसीको विषयमा टुंगो लगाउने गरी तीन सदस्यीय समिति गठन भएको बताएका छन् । उनले अबको दश दिनमा एमसीसीबारे सरकारले ठोस निर्णय गर्ने समेत स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस