२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई हजारमै श्री एयरलाइन्सको जहाजबाट पोखरा

अ+ अ-

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पोखरा–काठमाडौँसम्मका लागि भाडा दर दुई हजार ६०० कायम निर्धारण गरेको छ । काठमाडौँ–पोखराका लागि भने दुई हजार भाडा कायम गरिएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको छ ।

आन्तरिक उडानमा आक्रमक रुपमा बजार विस्तार गरिरहेको श्रीले पोखरा–काठमाडौँको भाडा दर अहिलेसम्म कै सबैभन्दा कम राखेको हो । पोखरामा एकाधिकार जमाएका दुई ठूला वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको पोखराबाट काठमाडौँ आउँदा रु पाँच हजार ५० सम्म भाडा दर थियो ।

श्रीले यही शुक्रबारदेखि पोखरामा टर्वोपर्प जहाजबाट सेवा दिने भएको छ । कम्पनीको ८० सिट क्षमताको जहाजले यसअघि नै परीक्षण उडान सफल गरिसकेको छ । साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिनाअघि नयाँ टर्बोप्रोप क्यू–४०० जहाज भित्र्याएको थियो ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले पर्यटकीय क्षेत्रको व्यावसायिक सम्भावना तथा यात्रुको सुविधालाई मध्यनजर गरी पोखरामा सेवा विस्तार गर्न लागिएको बताए । खासगरी, जनकपुर, सिमरा, भरतपुर, पोखरालगायत साना एयरपोर्टबाट सेवा दिने गरी यी जहाज ल्याइएको हो ।

श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ । कम्पनीसँग सिआरजे २०० र दुई सिआरजे ७०० गरी पाँच जहाज छन् । एयरलाइन्सले सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस