२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनलाइन सपिङ कम्पनी दराजलाई ३ लाख जरिवाना

अ+ अ-

काठमाडौँ । अनलाइन सपिङ कम्पनी दराज क्यामुलाई ३ लाख जरिवाना गरिएको छ।

अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दराज क्यामुलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा ‘ङ’ बमोजिम कसुर गरेको भन्दै विभागले कारबाही गरेको जनाएको छ।

दराजलाई सोमबार तीन लाख जरिवाना गर्ने निर्णय भएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

दराजले गरिरहेको व्यवसायको वैधताबारे विभागले गत मङ्सिरबाट नै अध्ययन गरिरहेको थियो। कार्गोको अनुमति पाएको कम्पनीले अनलाइन व्यापार गरेको र ग्राहकलाई ठगेको भेटाएपछि विभागले जरिवाना गरेको हो ।

बजार अनुगमनका क्रममा दराज कम्पनीले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाई, छिपाई वा झुक्क्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गरेको, वस्तुको कृत्रिम अभाव सृजना, जम्माखोरी गर्ने वा बिक्री गर्ने गरेको, त्रुटिपूर्ण उत्पादनबाट नष्ट भएको वस्तुको मूल्य वा व्यापारिक कारोबारको सिलसिलामा करार भएको वस्तुको मूल्य समेत अन्य वस्तुको लागत मूल्यमा समावेश गरी बिक्री गर्ने गरेको र उपभोग गरिसक्नु पर्ने अवधि व्यथित भइसकेको उपभोग्य वस्तु वा उपभोग गर्न नमिल्ने वस्तुमा नयाँ लेबल लगाई त्यस्तो वस्तु बिक्री गर्ने गरेको देखिएको छ।

पछिल्लो समयमा अनलाइन व्यापार क्षेत्रमा निकै चर्चामा आएको कम्पनी दराज को कारोवार माथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गम्भीर छानबिन सुरु गरेको थियो । विसं २०७३ फागुन १४ गते कम्पनी रजिस्टारको कार्यालयमा क्यामु दराज कम्पनी प्रालि नाममा दर्ता भएको कम्पनीले अनलाइन विज्ञापन, सफ्टवेयर विकास र कार्गो उद्योग संचालन गर्ने उल्लेख छ ।

विश्व प्रसिद्ध चिनियाँ अनलाइन कम्पनी अलिबाबासँगको सहकार्य र विदेशी लगानीसमेत भित्र्याएको उक्त कम्पनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएको छैन। कुनै पनि कम्पनीले व्यापारका लागि वाणिज्य विभागका दर्ता हुनुपर्ने प्रचलित कानुनी प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस