२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजर्षि जनक विश्वविद्यालयमा जनस्वास्थ्य र कानून पढाइ हुने

अ+ अ-
जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयले चालु शैक्षिक सत्रमा कानून र जनस्वास्थ्य विषयको स्नातक तहको अध्ययन शुरू गर्ने भएको छ ।
नयाँ शैक्षिक योजनाअन्तर्गत  ती दुवै विषयको अध्ययन अध्यापन गराउन प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । जनस्वास्थ्यको बिपिएच र कानूनतर्फ बिएलएलबी शुरू हुने छ । यी विषयको अध्ययनले यस भेगका शिक्षार्थीले अन्यत्र गई अत्यधिक व्ययभार व्यहोर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ ।
शिक्षार्थीलाई कम व्ययभार हुने शुल्क निर्धारण हुने जनाइएको छ । जनस्वास्थ्य विषयमा अध्ययन आवेदनको  सूचना प्रकाशित भइसकेको छ ।  कानून विषयको स्नातक तहको पाँच वर्षे नयाँ पाठ्यक्रम तयार गरिएको बताइएको छ ।
उपकुलपति प्राध्यापक भरत झाका अनुसार शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई आवश्यकताअनुरूपको मानव संसाधन विकास गर्ने लक्ष्य लिई विश्वविद्यालयले करिब अढाइ वर्षमा चार वटा विषयको शिक्षा दिइरहेको छ ।
सोअन्तर्गत बिबिए, बिएससी सीएसआइटी, बिसिए  र बिएससी एमएलटी विषयमा २०० शिक्षार्थी अध्ययनरत रहेका छन् । विश्वविद्यालयको आफ्नो भवन नभएका कारण भाडामा लिई कक्षा सञ्चालन गर्नुपरेकाले शिक्षार्थीको आवेदनअनुरूपको सङ्ख्यालाई शिक्षा दिन नसकिएको अवस्था रहेको छ । विश्वविद्यालयमा एमबीए विषयको पढाइको गृहकार्य भइरहेको जनाइएको छ ।
विश्वविद्यालयको पूर्वाधार विकासका लागि विभिन्न स्थलको सम्भाव्य अध्ययन  गरिएको छ । सम्भाव्य अध्ययन गरिएका स्थलमध्ये मणिमण्डपको २४ बिघाको क्षेत्रफल र फूलगामाको क्षेत्र विचाराधीन रहेको छ । आवश्यकताअनुरूपको मानव संसाधन विकासअन्तर्गत आगामी दिनमा सो विश्वविद्यालयमा आँखासम्बन्धी  शिक्षा शुरू गर्ने योजनासमेत रहेको छ । जनस्वास्थ्य विषयको स्नातक तहको शिक्षाले गति लिइसकेपछि आँखासम्बन्धी शिक्षाको थालनी सोच रहेको उनले जानकारी दिए ।
त्यस्तै कृषिसम्बन्धी स्नातक तहको शिक्षाको पूर्वाधार विकासका लागि विज्ञसहितको टोलीले सिरहा जिल्लामा सम्भाव्य अध्ययन गरेको छ ।  आगामी दिनमा मिथिला भूमिको दर्शन र चिन्तनलाई जीवन्त राख्न प्राच्य दर्शन र मिथिला कला विषयमा समेत शिक्षण गरिने योजना रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस