२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अटोइञ्जिनीयर डिप्लोमा शुरुआत गर्दै पोखरा महानगरपालिका

अ+ अ-

चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न मेकानिक्स विषयमा आगामी वर्षदेखि ‘अटो इञ्जिनीयर डिप्लो’मा शुरुआत गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गण्डकी अटोमेकानिकल बक्र्स एशोसिएशनको २० औँ वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै उनले उचित स्थान खोजी गरेर ‘अटोल्याण्ड’ निर्माण गरिने जानकारी दिए । उनले भने,‘अबको विकास सीपमूलक र दक्ष जशक्तिबाट सम्भव छ । यसैले अटो इञ्जिनीयर डिप्लोमा शुरु गर्न लागेको हो ।’

अटो मेकानिक्स व्यवसायी सङ्घका अध्यक्ष ठाकुर न्यौपानेले व्यवसाय सञ्चालनमा स्थानीय निकायको सहयोग नपाएको गुनासो गरे। नेपाल अटो व्यवसायी महासङ्घका अध्यक्ष यमप्रसाद भुसालले प्रमुख शहरमा सुविधा सम्पन्न मेकानिकल व्यवसाय सञ्चालन गर्न अटोल्याण्ड निर्माणमा महासङ्घ लागेको जानकारी दिए ।

व्यवसायी कृष्णप्रसाद पौडेल, सिकन्दर शाह, अडिमान लिम्बू र पार्वती बराललगायतलाई सम्मान गरिएको थियो ।

एशोसिएशनका अध्यक्ष सानुमान जलारी, पूर्वअध्यक्ष एवं अटोल्याण्ड व्यवस्थापन समिति संयोजक सनतकुमार भट्टराई, पोखरा उद्योग वाणिज्य सङ्घ सदस्य रामेश्वर अधिकारी, हेटौँडा अटो व्यवसायी सङ्घका अध्यक्ष आनन्दराम पौडेल, चितवन अटो व्यवसायी सङ्घका अध्यक्ष रामबहादुर लोहनी, एशोसिएशनका वरिष्ठ उपाध्यक्ष किरण कपाली, उपाध्यक्ष सन्नोषकुमार मिश्र, महासचिव पुरुषोत्तम सुवेदी, कास्की मोटरसाइकल एशोसिएशनका अध्यक्ष प्रेम गिरी लगायतले एशोसिएशनका क्रियाकलाप व्यवस्थित र वातावरणमैत्री हुनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस