२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रश्मोर बरो काउन्सिल र गोरखाबीच भगिनी सम्बन्ध

अ+ अ-

लण्डन । गोरखा नगरपालिका र बेलायतको रश्मोर बरो काउन्सिलबीच भगिनी सम्बन्ध कायम भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा रश्मोर बरोका तर्फबाट मेयर सेलस्वई कार्टर र गोरखाका तर्फबाट नगर प्रमुख राजनराज पन्तले हस्ताक्षर गरे ।

नेपालको कूटनीतिक सम्बन्धमा सबैभन्दा पुरानो मित्र एवं बेलायतको सेनामा आफ्नो छुट्टै पहिचान बनाएको ब्रिगेड अफ गुर्खाजÞमा कार्यरत नेपालीको योगदानलाई बेलायत सरकारले सम्मान गर्दै आइरहेको छ ।

भगिनी सम्बन्ध सम्बन्ध सम्झौतापत्रमा हस्ताक्षर भएका अवसरमा आयोजित कार्यक्रममा गोरखा नगर प्रमुख पन्तले गोरखा नगरपालिका नेपालका अन्य नगरपालिकाभन्दा फरक रहेको बताउँदै पृथ्वीनारायण शाहले एकीकरण थालनी गरेको जिल्ला गोरखाको ऐतिहासिक महत्व रहेको र उनैको योगदानलाई कदर गर्दै त्यहाँ पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको जानकारी दिए ।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न नगरपालिकाले गोरखालाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न ‘भिजिट गोरखा, एक्सप्लोर गोरखा’ भन्ने नारा तयार पारेको बताए ।

कार्यक्रममा रश्मोर बरोका नेता डेभिड क्लिफर्डले नेपालका अन्य नगरपालिका हुँदाहुँदै गोरखासँँ भगिनी सम्बन्ध स्थापना गर्नाका कारणमध्ये बेलायती सेनामा कार्यरत नेपाली सेनालाई गोरखा सेनाका रुपमा बुझिने र त्यो नाम नेपालको गोरखा नगरपालिकासँगँ मिल्न गएको बताए ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदीले भ्रमण वर्ष २०२० सफल पार्न दूतावासले अन्य शहरसँग पनि नेपालका नगरपालिकाको भगिनी सम्बन्ध स्थापना गर्दै लगिने जानकारी दिए । सो अवसरमा बेलायती सेनामा कार्यरत केही सैनिक, स्थानीय दमकल सेवामा कार्यरत कर्मचारी एवं उक्त बरोमा गठित विभिन्न क्लबका पदाधिकारीको समेत उपस्थिति थियो । शुक्रबार आयोजित कार्यक्रममा नेपाली वेशभूषा झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस