नेकपा सांसदका लागि बालुवाटारमा रात्रिभोज आयोजना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेकपा सांसदका लागि बालुवाटारमा रात्रिभोज आयोजना


१९ माघ २०७६, आइतबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसदहरुलाई आइतबार साँझ ६ बजे रात्रिभोज दिइने भएको छ ।

स्रोतका अनुसार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ सांसदहरुबीच एकमत बनाउने प्रयासस्वरुप प्रधानमन्त्री ओलीले भोजको आयोजना गरेका हुन्। भोजका लागि सांसदहरुलाई साँझ ६ बजे बालुवाटार छिर्न भनिएको छ।

नेकपा सांसदहरुबीच एमसीसी संसद्‍बाट अनुमोदन गर्न हुनेरनहुने विषयमा मतान्तर छ। भीम रावल, झपटबहादुर रावल, देव गुरुङ लगायत नेताहरु एमसीसीको प्रावधान नेपालको हितमा नरहेको भन्दै विरोध जनाइरहेका छन्। केही नेताले भने मुलुकको समृद्धिको लागि अमेरिकाबाट एमसीसीमार्फत आउन लागेको अहिलेसम्मकै ठूलो अनुदान ठूलो भएकोले स्वीकार्नुपर्ने मत राखिरहेका छन्।

एमसीसीलाई संसद्‌बाट छिटो अनुमोदन गराउनुपर्ने भन्‍दै प्रमुख प्रतिपक्ष कांग्रेसले दबाब बढारहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस