मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयमा आगलागी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयमा आगलागी


१८ माघ २०७६, शनिबार


आगलागी

पर्सा । मुक्तिनाथ विकास बैंक वीरगञ्जको शाखा कार्यालयमा आगलागी भएको छ । वीरगञ्ज–८ लिंकरोडस्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखामा गएराति आगलागी भएको हो ।

गए राति ११ बजेतिर भएको आगलागीबाट बैंकभित्र रहेका कम्युटर, प्रिन्टर, सोफा, एसी, फर्निचरलगायतका समान र कागजपत्र जलेर नष्ट भएका छन् । महत्वपूर्ण कागजात र रकम भने सुरक्षित रहेको बैंकका शाखा कार्यालयका म्यानेजर अशोक राजभण्डारीले जानकारी दिए ।

आगो वीरगञ्ज महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीय मिलेर समयमै नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट १५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीको कारण भने खुलेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस