आठ आयोगका प्रतिवेदन पेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आठ आयोगका प्रतिवेदन पेश


१७ माघ २०७६, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आठ आयोगका वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

सभाको शुक्रबार बसेको प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन’ पेश गरेका छन् ।

यस्तै उनले सभामा ‘लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५/०७६ प्रथम वार्षिक प्रतिवेदन’ पनि पेश गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस