२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरेन्द्र महर्जन ‘अमर’को ‘स्माइल ड्रिम’ लोकार्पण

अ+ अ-

काठमाडौँ । कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’को पछिल्लो २३ औँ कृतिका रूपमा एवम् चौथो उपन्यास ‘स्माइल ड्रिम’ लोकार्पण भएको छ ।

तीन दशकभन्दा बढी समयदेखि साहित्य क्षेत्रमा समर्पित रहेका ‘अमर’को उपन्यास ‘स्माइल ड्रिम’लाई बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।

वरिष्ठ साहित्यकार भूपाल राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, चलचित्र पत्रकार सङ्घ उपाध्यक्ष गीता अधिकारी, पत्रकार श्री विलास दाहाल, सङ्गीतकार सन्तोष श्रेष्ठ, समालोचक डा.धनप्रसाद सुवेदी, ओ एस नेपालका विवेक कार्की, सर्जक सुरेन्द्र महर्जन ‘अमर’लगायतले उपन्यास ‘स्माइल ड्रिम’ लोकार्पण गरेका थिए । कार्यक्रमक्रमा स्माइल ड्रिमको अडियो पनि एकै साथ विमोचन गरिएको थियो । अडियो उद्घोषण राधिका घिमिरेले गरेकी छन् ।

ओएस नेपालको आयोजनामा भएको लोकार्पण कार्यक्रममा अतिथिहरूले सरल भाषामा लेखिएको उपन्यास पठनीय रहेको भन्दै सर्जक सुरेन्द्र महर्जन ‘अमर’लाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिएका थिए भने समालोचक डा.धनप्रसाद सुवेदीले उपन्यासको समालोचना गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले गरेका थिए । उपन्यासलाई राईजिङ्ग क्रियटिभ मिडिया प्रा.लि. भक्तपुरले प्रकाशन गरेको हो ।

‘अमर’का यसअघि अनुष्का, मिस्ड कल, अदभूत जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । त्यस्तै उनका चित्रकारिता, कविता सङ्ग्रह, गीत सङ्ग्रह, नेवारी गीत सङ्ग्रह, हाइकु सङ्ग्रह, गीति एल्बम जस्ता २३ वटा कृति सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस